एसियाली खेलकुद : १०५ स्वर्णसहित २ सय पदक जित्दै चीनकाे अग्रता कायमै

 असोज १२, २०८० शुक्रबार २०:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनमा हान्झाउमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेकाे छ ।

चीनले अहिलेसम्म १०५ स्वर्ण, ६३ रजत र ३२ कास्यसहित २ सय वटा पदक जितेको छ । जापान २७ स्वर्ण, ३५ रजत र ३७ कास्यसहित ९९ पदक जितेर दाेस्राे स्थानमा छ । दक्षिण काेरिया २६ स्वर्ण, २८ रजत र ४८ कास्यसहित १०२ पदक जितेर तेस्राे स्थानमा छ ।

भारत पदक तालिकाकाे चाैथाे स्थानमा छ । भारतले ८ स्वर्ण, १२ रजत र १३ कास्कसहित ३३ पदक जितेकाे छ । थाइल्यान्ड ८ स्वर्ण, ३ रजत र ९ कास्यसहित २० पदकका साथ पाँचाैँ स्थानमा छ । यसैगरी उज्बेकिस्तान तालिकाकाे छैटाैँ स्थानमा छ । उज्बेकिस्तानले ७ स्वर्ण, १० रजत र १५ कास्यसहित ३२ पदक जितेकाे छ ।

हङकङ तालिकाकाे साताैँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १३ रजत र १८ कास्यसहित ३६ पदक जितेकाे छ । चाइनिज ताइपेई ५ स्वर्ण, ६ रजत र ९ कास्यसहित २० पदक जितेर तालिकाकाे आठाैँ स्थानमा छ ।

पदक तालिकाकाे नवाैँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, १० रजत र १० कास्यसहित २३ पदक जितेकाे छ । उत्तर काेरिया ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर दशाैँ स्थानमा छ । नेपालले भने अहिलेसम्म कुनै पनि पदक जितेको छैन ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । गएकाे शनिवारदेखि औपचारिक रूपमा शुरु भएकाे प्रतियाेगिता अक्टोबर ८ सम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया