एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दै, पदकको आशा

 असोज १५, २०८० सोमबार ७:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ ।

नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा नेपाल पछिल्लो दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता हो । त्यतिबेला नेपालले बङ्लादेशलाई हराएको थियो ।

यस्तै, आजै भारत र चाइनिज ताइपेइ तथा थाइल्यान्ड र दक्षिण कोरिया पनि खेल्ने छन् । भारत र चाइनिज ताइपेइबीचको खेल दिउँसो साढे १ बजे तथा थाइल्यान्ड र दक्षिण कोरियाबीचको खेल दिउँसो साढे २ बजे हुनेछ ।

यस्तै, आर्चरीको पहिलो दिन हिजो नेपालका चारै जना खेलाडीले छनोट चरण पार गरेका छन् । महिलामा इमायुङ राई र मञ्जु बजगाईँ तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भएका हुन्  । यस्तै, फुलमति रानाले एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औँ स्थानमा अन्त्य गरेकी छिन् ।

उनले निर्धारित दूरी ४ मिनेट ३७ दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् । यो विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कास्य पदक जितिन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया