इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको चीनको प्रतिक्रिया

 असोज २८, २०८० आइतबार १९:३४:१४ | एजेन्सी
unn.prixa.net

चीनले इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताउनुभएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

विदेशमन्त्री यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नुपर्ने पनि बताउनुभयो । चीनले इजरायल–हमासबीचको सङ्घर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउन आउँदो हप्ता विशेष दूत पठाउन लागेको पनि जानकारी गराएको छ ।

यसैबीच इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । हमासका नेता इस्माइल हानियासँगको भेटपछि इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनले इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रणबाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले गरेको आक्रमणबाट एक हजार तीन सय जना र इजरायली सेनाले गरेको कारबाहीबाट दुई हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

अहिले हमासको अवरोधका बीच पनि उत्तरी गाजाका मानिसहरू दक्षिणतर्फ भागिरहेका छन् । उत्तरी गाजा खाली गर्न उर्दी जारी गरेकाे इजरायली सेनाले गाजाको सीमा क्षेत्रबाट स्थलगत गोलावारी पनि शुरु गरेको बीबीसीले जनाएको छ । सहरमा भने सेना पुगिसकेको छैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया