चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

 कात्तिक ९, २०८० बिहिबार १५:३७:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीवार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले यस मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ बजेर १४ मिनेटमा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।

बिहीवार बिहान बिदाइ समारोहमा अन्तरिक्ष यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई बिदाइ गरेका थिए । ‘अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको त्यस रकेट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो,’ चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ ।

त्यस टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहनु भएको छ। उहाँ अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहनु भएको छ । उहाँसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उहाँहरुको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा उनीहरू सबैभन्दा कान्छा हुन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया