गुल्मीको दजाकोटमा दूषित पानीबाट बिरामी हुनेको संख्या १४८ पुग्यो

 बैशाख १३, २०७६ शुक्रबार १८:७:२५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा झाडापखालाको महामारी फैलिएको छ । दूषित पानी पिउँदा बिरामी हुनेको संख्या १४८ पुगेको छ ।

बिरामीमध्ये चार जनाको जिल्ला अस्पताल तम्घासमा र एक जनाको बुटवलमा उपचार भइरहेको छ । अरु केहीको स्थानीय स्वास्थ्य संस्था र शिविरमा उपचार भइरहेको छ । केही भने उपचारपछि घर फर्किएका छन् । 

यस्तै उपचारका लागि प्रभावित गाउँमा पुगेको जिल्ला जनस्वाथ्य कार्यालयको टोली भने फर्किएको छ । दजाकोटमा झण्डै ५ किलोमिटर  टाढाको ट्याङ्कीमार्फत  वितरण गरिएको पानी पिएकाका कारण स्थानीय नागरिक बिरामी परेका हुन् । 

ट्याङ्कीमा खोलाको दूषित पानी मिसिएको स्थानीयले बताएका छन् । बिरामीमा वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया