हत्कडीले हैन, प्रमाणले बाँध्ने काम गरौं: महान्यायाधिवक्ता खरेल

 बैशाख १७, २०७६ मंगलबार १४:३:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - संघीय सरकारका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले २१ औं शताब्दीको न्याय प्रकृया भनेको हत्कडीले बाँधेर नभइ प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रकृयातर्फ उन्मुख बन्दै गएको बताउनु भएको छ ।

उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रकृया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हत्कडीले बाँधेर न्याय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीहरुलाई उम्कन नदिने गरी कार्य सम्पादन गर्न आग्रहसमेत गर्नुभएको छ । 

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवर्निमित भवनको उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको क्रममा रहेका कुनै पनि व्यक्तिलाई यातना दियर बयान गराइने अवस्थाको अन्त्य भएको भन्दै न्याय सम्पादनमा विना यातना स्वतत्रपूर्वक आफ्ना कुराहरु भन्न पाउनु पर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । 

उहाँले अनसन्धानको सिलसिलामा फौजदारी न्याय प्रशासनलाई अघि बढाउने कतिपय कुराहरुमा आफूहरुले ध्यान पुराउन र ध्यान दिन नसकिरहेको बताउँदै अपराध अनसन्धानको कुरामा विचार पुर्‍याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘अपराध गर्ने मानिसहरु समाजकै वरिपरि घुमिरहेका हुन्छन्, तर हामीले तिनीहरुलाई कहिल्यै शंका र अनुमान गर्न सक्दैनौ तर तिनीहरु हामीले थाहा नपाइकन धेरै सञ्जालमा गाँसिएका हुन्छन, तर तिनीलाई हामीले सग्लो रुपमै देखेका हुन्छौं,’ खरेलले भन्नुभयो । 

सञ्चारकर्मीहरुलाई इंगित गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको दायरामा कतिपय कुराहरु नभनिने र भन्न नमिल्ने भएकाले त्यस्ता कुराहरुमा प्रश्न गरेर अफ्ठेरो नपारिदिन आग्रह पनि गर्नुभएको छ । उहाँले कुनै पनि घटनाको चित्र र प्रवृतिलाई मात्र बाहिर ल्याइदिन आग्रह गर्नुभयो ।

भवनले भौतिक चिज मात्र भएको र आवश्यकता पनि भएको भन्दै खरेलले त्यसले आफै प्रमाण संकलन र न्यायाय सम्पादन नगर्ने भएका कारण मुख्य कुरा यस भित्र बसेर कार्य सम्पादन गर्नेहरुको गतिविधि, भूमिका र जिम्मेवारी थप महत्वपूर्ण पक्ष रहने उल्लेख गर्नु भयो । 

आफू ठूलो फुटबल ग्राउण्डमा खेल खेलेको फुटबल खेलाडी भएको भन्दै खरेलले आफुलाई फुटसल खेल्ने कहिल्यै रहर नभएको तर्क गर्नुभयो । न्याय क्षेत्रलाई विशुद्ध व्यावसायिक र मर्यादित केन्द्रको रुपमा स्थापित गर्न सकेमा मात्र संस्थाको न्याय हुने र फौजदारी न्याय प्रशासन अगाडि बढ्ने उहाँले बताउनुभयो । 

तीन वर्षअघि भ्याट बाहेक नेपाल सरकारको २ करोड ९ लाख ९४ हजार लागतमा निर्माण सम्पन्न भएको भवनमा आवास र पीडितमैत्री कक्षसहित १७ वटा कोठाहरु रहेका छन् । भवन निर्माणको जिम्मा पाएको बासुरि सुनिल समिर जेभीले निर्धारित अवधिमा भवन निर्माणको काम सम्पन्न गरि कार्यालयलाई हस्तान्तरण गरेको हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया