गुल्मी दजाकोटमा फैलिएको झाडापखालाको मुख्य कारण ई.कोलाई जीवाणु भएको पुष्टि

 बैशाख २२, २०७६ आइतबार १९:४२:५० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालीका ४ अन्तर्गत दजाकोटमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेकाे ई. कोलाई जीवाणु भएकाे पुष्टि भएकाे छ ।

नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पानी र बिरामीको दिसाको नमुना परिक्षण गरेपछि पानीकै समस्याका कारण  झाडापखालाको संक्रमण बढेको गुल्मी अस्पताल तम्घासका डाक्टर उत्तम पच्याले जानकारी दिनु भएको छ । 

डाक्टर पच्याका अनुसार एकजना बिरामीको दिसा परीक्षणमा सिगेला नामक जिवाणु समेत रहेको बताइएको छ । उहाँले पानीको नमूना र विरामीको दिसाको नमुना परीक्षण गर्दा कोलेरा जिवाणु भने नदेखिएको बताउनु भयो । त्यस ठाउँमा स्थानीयहरुले उपभोग गर्दै आएको पानीको मुहानमा फोहरका कारण पानी दूषित भएको र झाडापखालाको प्रकोप बढेको डाक्टर पच्याले बताउनु भयो ।

दूषित पानी सेवनका कारण दुई साताअघि त्यस गाउँमा झाडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले  प्रकोप क्षेत्रमा पुगेर बिरामीहरुको दिसा र पानीको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

उक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर पाँच जना व्यक्तिको दिसा र तीनवटा पानीको नमुना संकलन गरी पठाएको थियो । पानी र दिसाको नमुना परिक्षण गरेपछि प्रयोगशालाले पानीमा ई. कोलाई जिवाणु रहेको पुष्टि गरेको हो । 

डेढ सातासम्म फैलिएको झाडापखालाबाट दाजकोटमा १ सय ९५ जना मानिस बिरामी परेको र एकजना बालकको ज्यान समेत गएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया