गुल्मीको सत्यवतीमा बाढी र पहिरो : ८ जनाको मृत्यु, २ जना बेपत्ता (अपडेट)

 साउन ७, २०७६ मंगलबार १३:२०:९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

अविरल वर्षाका कारण सोमबार राति सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् ।

पहिरोमा ज्यान गुमाउनेमा सत्यवती गाउँपालिका–३ कसिनथला निवासी ३१ वर्षीय तिलकुमारी तरामु र उनका ७ वर्षका छोरा दर्शन तरामु रहेका छन् । यस्तै,  लिम्घा भिरखानीकी वर्ष १२ की अञ्जली विक, वर्ष ९ का हेमान्सु विक, वर्ष २९ पम्फा विक, वर्ष ६० की छली विक, वर्ष १० की सिमानी विक र निर्मली विक रहेका छन् ।

पहिरोमा पुरिएर तारा विक र सुमन विक हराइरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुको खोजी भैरहेको छ । पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका २ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया