गुल्मीमा पहिरोमा पुरिएकामध्ये ९ जनाको मात्र शव फेला, अझै चार जना बेपत्ता

 साउन ८, २०७६ बुधबार १०:२६:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पहिरोमा पुरिएर हराइरहेका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।  सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक र ४ को लिम्घामा पहिरोमा पुरिएका १३ मध्ये ९ जनाको मात्र शव फेला परेको छ ।

पहिरोमा पुरिएका भनिएका ठूलोलुम्पेक सिग्दीकी ४० वर्षीया माया विक, १६ वर्षीया गबी विक, लिम्घाकी ८ वर्षीया तारा विक र ४ वर्षीया सुमन विक अझै बेपत्ता छन् । लगातार वर्षा भैरहेको र लेदो माटो बगिरहेका कारण खोजी गर्न समस्या भएको छ ।

विस्थापितलाई राहत पुगेन्

पहिरोबाट विस्थापित भएका सत्यवती गाउँपालिका अन्तर्गत ठूलोलुम्पेक र लिम्घाका चार सयभन्दा धेरै अलपत्र परेका छन् । उनीहरुलाई खानेकुरा र बस्ने ठाउँको समस्या छ ।  घर जोखिममा परेपछि उनीहरु मंगलबारदेखि स्थानीय विद्यालय, स्वस्थ्य संस्था र वडा कार्यालयहरुमा बसेका छन् ।

वर्षाको समयमा ग्रामिण क्षेत्रमा जाने सडक अवरुद्ध भएकाले बजारमा खाद्यान्न समस्या भएकाले विस्थापितहरु भेकभोकै बस्नुपर्ने अवस्था शुरु हुन लागेको छ । सत्यवती गाउँपालिकाले बजारमा रहेको खाद्यान्न अन्यत्र बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । तर बजारमा पनि खाद्यान्नको अभाव भएका कारण विस्थापितहरुका लागि राहत सामग्रीको आवश्यकता परेको  गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

मरेका पशु चौपायाको व्यवस्थापनमा समस्या

पहिरोमा परेर चार सयभन्दा बढी पशु चौपाया मरेका छन् । मरेका पशुको समयमा व्यवस्थापन गर्न थप समस्या परेको स्थानीयबासिन्दाले बताएका छन् । पहिरोको जोखिम बढ्दै गएका कारण मरेका पशुलाई बाहिर निकाल्न समस्या परेको छ । 

गाउँपालिकाले मरेका चौपायालाई जहाँ जस्तो अवस्थामा रहेप नि खाल्डो खनेर पुर्न आग्रह गरेको छ । तर पुरिएका चौपायाहरुलाई बाहिर निकाल्न समस्या भएकाले सुरक्षाकर्मीहरुलाई परिचालन गरेर बुधवारदेखि त्यसको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष ढकालले जानकारी दिनु भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया