लमजुङको च्याम्चेमा जीप दुर्घटना

 साउन ९, २०७६ बिहिबार १४:४२:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा जीप दुर्घटना भएको छ ।

ग १ ज ६७८६ नम्बरको जीप सडकबाट भण्डै २ सय मिटर तल खसेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रमुख रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । ‘सडकबाट खसेर जीप मर्स्याङ्दी नदी किनारामा पुगेको खबर पाएका छौँ’, उहाँले भन्नुभयो । जीपमा कति यात्रु थिए र कति क्षति भयाे भन्ने केही जानकारी नआएकाे डीएसपी गुरुङले बताउनुभयाे ।

जिप्रका लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार घटनास्थलमा बाहुनडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली पुगिसकेको छ । जिप्रकाबाट प्रहरी टोली जाँदै गरेको छ ।

लमजुङ र मनाङको सीमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको जीप बुधबार राति मर्स्याङ्दी नदीमा खसेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया