दोर्दी खोला बाढी : ज्यान गुमाउने ५ जनाको सनाखत, ५ जना अझै बेपत्ता

 साउन १०, २०७६ शुक्रबार १८:४१:११ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दोर्दी खोलामा गएको बुधबार दिउँसो आएको बाढीले बगाउँदा ज्यान गुमाएका पाँच जनाकै सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार बाढीले बगाएर ज्यान गुमाउनेमा पर्साका शिवधन चौधरी, डडेल्धुराका रमेश बुढा, सप्तरीका भुवनेश्वर चौधरी र बाराका सइद अन्सारी रहेका छन् ।

यसैगरी बाढीले बगाउँदा भोजपुरका दिवस कटुवालको पनि ज्यान गएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कटुवालको शव बिहीबार गोरखाको पालुङटार नगरपालिका-५ को मर्स्याङ्दी नदी किनारामा भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको शव पोष्टमर्टमपछि  सम्बन्धित आफन्तलाई बुझाइएको छ । दोर्दी खोलामा आएको बाढीमा बगेर ५ जनाको ज्यान गएको छ भने अझै ५ जना बेपत्ता छन् । ‘बेपत्ताहरुको खोजी कार्य भैरहेको छ', उहाँले भन्नुभयो, ‘खोजी कार्यका लागि नदी किनारामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ ।’ 

उद्धार गरी उपचारमा रहेका ८ जनामध्ये १ जनाको अस्पतालबाट ‘डिस्चार्ज’ भएको छ । ३ जना उपचारका लागि आफूखुशी काठमाण्डाै गएका छन् । बाँकी ४ जनाको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भैरहेको छ । 

बाढीले दोर्दी करिडोरमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका महत्वपूर्ण सामानहरु बगाएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया