बजारिया जनैका कारण परम्परागत कतुवा जनै हराउँदै

 साउन २९, २०७६ बुधबार १७:५०:३१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - केही वर्षअघि जनैपूर्णिमा आउनु एक महिना अगावै ब्राह्मण, क्षेत्रीका घरमा जनै कात्ने चटारो हुन्थ्यो । तर पछिल्लो समय कतुवा जनै बनाउने परम्परा गाउँघरबाटै हराउँदै जान थालेको छ ।

पछिल्लो समय क्षेत्री, बाहुनले नै कतुवा जनै बनाउन, लगाउन छाडेको पुराना पुस्ता बताउँछन् । ‘पहिले पहिले जनैपूर्णिमा आउनु एक महिना अगावै क्षेत्री, ब्राह्मणहरुका घरमा जनै कात्ने चटारो हुन्थ्यो,’ लमजुङ सुन्दरबजार नगरपालिका–७, पाउँदीका चन्द्रप्रकाश पोखरेलले भन्नुभयो, ‘अहिले त्यो परम्परा हराउँदै गएको छ । क्षेत्री बाहुनले नै कतुवा जनै बनाउन, लगाउन छाडे ।’

उहाँले बर्सेनि जनैपूर्णिमाका लागि घरमै कतुवा जनै बनाउँदै आउनुभएको छ । उहाँले बताएअनुसार जनैको धागो कात्ने कतुवा काठ, ढुंगबाट बनाउन सकिन्छ । ढुंगा अथवा काठको सानो चक्कालाई बीचमा छेडी त्यसमा बाँसको सानो सरो राखिन्छ । त्यसैमा काँचो धागोलाई तेब्बर कातिन्छ । बल्ल कतुवा जनै बन्छ ।

उहाँले अघि थप्नुभयो, ‘जत्ति कतुवाको सरो लामो भयो, उत्ति नै लामो धागो कात्न सकिन्छ ।’ पछिल्ला पुस्ताका मान्छेलाई कतुवा जनै नौलो लाग्ने उहाँको भनाइ छ ।

अहिले बजारमा सजिलै जनै किन्न पाइन्छ । तर त्यसको तुलनामा घरमै कतुवामा कातिएको जनै बलियो हुनुका साथै धामिक हिसाबले शुद्ध पनि मानिन्छ ।

‘बजारमा अहिले ‘डुप्लिकेट’ जनै आउँछन् । बजारको जनै भन्दा त कतुवामा बुनेको जनै बलियो र शुद्ध  हुन्छ । यसरी जनै बनाउँदा धार्मिक विधि पनि पुग्छ,’ चन्द्रप्रकाशले भन्नुभयो ।

पाको पुस्ताका अनुसार विशेषगरी ब्राह्मण, क्षेत्री समुदायका लागि जनैपूर्णिमा पर्वले खास महत्व राख्ने गर्दछ । पछिल्ला समय मौलिक कला, परम्परा, स‌ंस्कृति हराउँदै गएकोमा उनीहरु चिन्ता व्यक्त गर्छन् । उनीहरु भन्छन्, ‘मौलिक परम्परालाई तोड्नु हुँदैन । मौलिक धर्म, संस्कृतिलाई जोगाउनु आवश्यक छ ।’

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया