भोजपुरमा एक्स्काभेटरमा आगजनी

 भदौ ११, २०७६ बुधबार ११:५८:३८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ को मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्स्काभेटरमा नचिनेकाे मानिसकाे समूहले आगजनी गरेको छ । 

मंगलबार राति नचिनेकाे मानिसकाे समूहले पुल निर्माण स्थलमा राखिएको मार्सेली निर्माण सेवाको एक्स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

त्यस्तै प्रहरीले त्यही ठाउँमा शंकास्पद वस्तु पनि फेला पारेको जनाएको छ । त्यो ठाउँलाई सुरक्षा दिएर राखिएको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ । 

पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख रुपैयाँको लागतमा झण्डै एक हप्ता अगाडि पुल निर्माणको काम सुुरु भएको थियो । एक्स्काभेटरमा आगजनी गर्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया