‘गौहत्या’ प्रकरण: प्रशासकीय अधिकृतलाई सजिलो हुने गरी पहिलेकै मितिमा पत्र

 भदौ १९, २०७६ बिहिबार १४:३९:२ | अमर सुनार
unn.prixa.net

दैलेख – भदौ १३ गते बिहान सुर्खेतको कट्कुवामा भएको भनिएको ‘गौहत्या’ घटनामा सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई सजिलो पार्न जिल्ला समन्वय समिति दैलेखले पहिलेकै मितिमा गाई माग भएको पत्र लेखेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहले दस्तखत गरेको पत्रमा श्रीस्थान, कोटिलालगायतका धार्मिक स्थल र नारायण नगरपालिकालगायतका स्थानीय तहमा किसानलाई व्यावसायिक गाई पालनका लागि स्वस्थ र पाल्न योग्य गाई उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयरलाई सम्बोधन गरिएको पत्र गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठित गौहत्या छानबिन समितिलाई नेपालगञ्ज पुगेको दिन मंगलबार जिसस दैलेखको यो पत्र बुझाएबाट त्यही दिन दैलेखबाट पत्र पठाइएको बुझिएको छ । 

दैलेखमा औपचारिक समन्वय नगरी २ सय ९१ गाई पठाएकोमा सुर्खेतको कट्कुवामा गाई ल्याएर आएका ट्रक चालक र सहचालकहरुले भीरबाट खसालेर झण्डै तीन दर्जन गाई मारिएको भनी प्रहरीले गौहत्याको मुद्दा चलाएपछि गाई पठाउन अग्रसरता गरेको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई अप्ठ्यारो पर्ने देखिएपछि केही सजिलो पार्न उपमहानगरपालिकालाई जिल्ला समन्वय समितिले पत्र लेखेको देखिन्छ । 

बिनासल्लाह भदौ १२ गते साँझ नेपालगञ्जबाट दैलेखका लागि गाई पठाइएको थाहा पाएपछि सदरमुकाम नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले दैलेखको सिमाना गुराँस गाउँपालिका प्रवेश नदिन प्रहरीलाई भनेपछि ८ वटा ट्रकमा ल्याइएका २ सय ९१ गाई केही सुर्खेतको सुब्बाकुना र कट्कुवामा छाडेर ट्रक फर्किका थिए । 

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यका प्रवेशद्वार सुब्बाकुना प्रहरी चेक पोष्टमा दैलेख पठाउन लागिएका भनिएका २ सय ९१ गाई राति १२ बजेर ११ मिनेटमा ८ वटा ट्रकमा ल्याएको इन्ट्रीमा देखिएको छ । 

दैलेख प्रवेश गर्न नदिइने भन्ने सूचना पाएपछि सुर्खेतको छिन्चु अगाडि भेरीको पुल तरेपछि सडकमै झार्न थालिएका गाई सुर्खेत उपत्यकामाथि ८–१० किलोमिटर माथिको कट्कुवा जंगलमा छाडेको चालकहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया