विप्लव समूहका भोजपुर इन्चार्ज हतियारसहित पक्राउ

 असोज ५, २०७६ आइतबार १८:१:२७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला इन्चार्जलाई प्रहरीले आइतबार हतियारसहित पक्राउ गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका-५, खावा घर भएका जिल्ला इन्चार्ज बम बहादुर विष्टलाई भोजपुर नगरपालिका १०, भैँसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली र ह्याण्ड ग्रेनेड १ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनको साथमा चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।

पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया