विप्लव नेतृत्वको नेकपाका भोजपुर इञ्चार्ज बम विष्ट पुर्पक्षका लागि कारागार चलान

 मंसिर १०, २०७६ मंगलबार १९:१५:२५ | बुद्ध तामाङ
unn.prixa.net

फाइल फाेटाे

भोजपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला इञ्चार्ज बम विष्टलाई पुर्पक्षका लागि कारागार चलन गरिएको छ ।

मंगलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षका लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । 

विष्टलाई भोजपुर नगरपालिका–१२, वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्स्काभेटरमा आगजनी गरेको,  टेम्केमैयुङ्ग गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा  आगजनी गरेको, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजनी गरेको साथै हातहतियार, विस्फोटक पदार्थलगायत आपराधिक मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ  ।

टेम्केमैयुङ गाउँपालिका ५, खावा घर भएका जिल्ला इञ्चार्ज बम बहादुर विष्टलाई भोजपुर नगरपालिका १०, भैंसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट गएको असोज ५ गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेड १ थान पनि फेला परेको प्रहरीले जनाएको थियो । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया