दैलेखमा माइक्रोबस दुर्घटना: तीन जनाको ज्यान गयो

 मंसिर १३, २०७६ शुक्रबार १५:२६:९ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखमा माइक्राेबस दुर्घटना हुँदा शुक्रबार ३ जनाको ज्यान गएको छ ।

सुर्खेत बाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरकाे माइक्रोबस गुराँस गाउँपालिका-४, मुग्राँमा दुर्घटना हुँदा ज्यान गुमाउनेमा बर्दियाकाे मधुवन नगरपालिका-६, सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल, उहाँकी श्रीमती २७ वर्षीया कमला बडुवाल तथा सुर्खेतकोे वीरेन्द्रनगर नगरपालिका-३, तातोपानीका ५३ थीरबहादुर सुनार रहेका प्रहरीले जनाएको छ ।

सडकमा पानी जमेको खाल्डो छलाउँदा दुर्घटना भएको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सडकबाट १ सय ३ मिटर तल खेतमा पुगेको गाडीमा रहेकामध्ये १५ जना घाइते भएकाे र उनीहरुकाे सुर्खेतकोे देउती नर्सिङ र प्रदेश अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-१८ का चालक नरेश शाही पनि घाइते छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया