३३ दिनदेखि बेपत्ता ताप्लेजुङकी मन्दिरा अधिकारीकाे शव तमाेर नदीकाे किनारमा फेला

 पुस १९, २०७६ शनिबार १६:३२:३१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - आठराई त्रिवेणी गाउँपालिका-२, की १९ वर्षीया मन्दिरा अधिकारीको शव फेला परेको छ ।

बेपत्ता भएकाे ३३ औँ दिन तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर-७ मा तमोर नदीको किनारमा अधिकारीकाे शव फेला परेको हो ।

स्थानीय मछुवाले नदी किनारका शव देखेपछि प्रहरीलाई खबर गरेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । गएकाे मंसिर १७ गते आठराई त्रिवेणी गाउँपालिका-३, हाङपाङका रमेश अधिकारीले मृतक मन्दिराकाे हत्या गरेर तमोर नदीमा फालेको प्रहरीसमक्ष बयान दिएका थिए । त्यसै बयानका आधारमा शवको खोजी भइरहेको थियो ।

शव फेला परेपछि मन्दिराका आफन्तलाई प्रहरीेले खबर गरेको र आफन्तहरु हातका बाला, लुगा, कानका टपको आधारमा शव मन्दिराकै भएको सनाखत गरेकाे डीएसपी फुयाँलले बताउनुभो ।

अनुहार भने चिन्न नसक्ने अवस्थामा रहेकाे शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर लगिँदै गरेको पनि डीएसपी फुयालले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया