‘एमसीसी’ को विरोध गर्ने तीन जना भोजपुरबाट पक्राउ

 माघ ३, २०७६ शुक्रबार १२:३०:३९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राति घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो ।

स्थानीयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए ।

सदरमुकामनजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर नै टाँगिएको थियो । उनीहरुले सामाजिक सञ्जालमा पनि एमसीसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन् ।

शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको उनीहरुले गुनासो उनीहरुले गरेका छन् ।  । तर प्रहरीले भने प्रहरी प्रशासनलाई  समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया