ताप्लेजुङमा अंश विवादमा बुहारीको हत्या गरेकाे आराेपमा एक जना पक्राउ

 माघ २४, २०७६ शुक्रबार २१:९:१९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बुको खाल्टेमा शुक्रबार जेठाजुले बुहारीकाे हत्या गरेका छन् ।

४३ वर्षीय कर्णकुमार लिम्बूले ३५ वर्षीय बुहारी सुकमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी प्रमुख डीएसी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्बोले भाइ (मृतक सुकमायाका श्रीमान) नभएको बेला घरमा आएर विवाद गरी घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको टेलिफोनमार्फत जानकारी दिनुभयो । 

अध्यक्ष लिम्बूका अनुसार दाजुभाइमा अंशसम्बन्धी पुरानाे विवाद रहेको र कर्णकुमारले भाइ घरबाहिर गएको बेला बुहारीकाे हत्या गरेका हुन्। 

हत्या आराेपित कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको र मृतककाे शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लागिँदै गरेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया