श्रीमतीको हत्या कसुरमा २० वर्ष कैद

 फागुन २३, २०७६ शुक्रबार ८:४९:१३ | अमर सुनार
unn.prixa.net

दैलेख – श्रीमतीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले श्रीमानलाई २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।  

२३ वर्षीया रत्ना रावतको हत्या गरेको कसुरमा सुर्खेतको लेकबेसी नगरपालिका ८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई अदालतले यस्तो फैसला गरेको हो । 

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार हत्या कसुरमा फैसला गरेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । हत्या गरिएकी रत्नाकी नजिकका आफन्तले क्षतिपूर्ति रकम पाउने आचार्यले बताउनुभयो । 

चार वर्षअघि माइइती गाउँ चामुण्डाका स्थानीय युवासँग विवाह गरी भारतको गढवाल पुगेकी थिइन् । रत्नालाई उहाँको अघिल्लो पतिसँगै मजदुरी गर्ने नवलसिंहले त्यहाँबाट भगाएर सिमलामा पुर्याए र गएको जेठको पहिलो हप्तामात्र सुर्खेतको साटाखानी पुर्‍याएका थिए । 

विवाह भएको तेस्रो वर्षमै दोस्रो श्रीमती भित्र्याएपछि ‘दम्पतीबीच असमझदारी बढ्दै गरेको थियो’ रत्नाका दाजु पूर्णबहादुर रावतले सुनाउनुभयो । रत्ना निःसन्तान हुनुहुन्थ्यो । 

चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ पिङडाँडामा रहेको माईतीघर आएको तेस्रो दिन २०७६ जेठ ९ गते गोठाला गएको मौका पारी नगरपालिकाको वडा नम्बर १ काफलगैरामा नवलसिंहले रत्नाको हत्या गरेको प्रहरी अनुसन्धान र घटनाप्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ । 

घटनाको दोस्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा भेटिएको भनि रुपैडिया पुगेर टेलिफोनमा खबर छोडेको आधारमा खोजी गर्दा शव फेला परेको थियो । मृतकको शव परीक्षण दुल्लू अस्पतालमा भएको थियो । शव परीक्षण प्रतिवेदनमा घाँटी थिचेर हत्या गरेको उल्लेख छ । 

पीडित पक्षले गएको जेठ ११ गते कर्तव्य ज्यान अर्थात् हत्या आरोपमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा गएको असार ३ गते भारतको सिमलाबाट पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया