लमजुङमा क्वरेण्टीनबाट ९० जना घर फिर्ता : स्वाब परीक्षण गरिएका ९ जनाकै रिपोर्ट नेगेटिभ

 चैत २५, २०७६ मंगलबार १८:९:३८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा क्वरेण्टीनमा बसेका ९० जना घर फिर्ता भएका छन् ।

विदेशबाट आएर क्वरेण्टीनमा बसेका १ सय १४ जनामध्ये अहिलेसम्ममा ९० जना निश्चित अवधि क्वरेण्टीनमा बसेर घर फिर्ता भएको र हाल क्वरेण्टीनमा बस्नेको संख्या २४ रहेको जिल्ला प्रशासन कार्यालय, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत १ गतेपछि विभिन्न देशबाट २ सय ८० जना जिल्ला भित्रिएका थिए । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएकाहरुलाई बस्न जिल्लाका ६८ स्थानमा ९ सय ४९ शय्याको क्वरेण्टीन बनाइएको सहायक प्रजिअ शाहीले बताउनुभयाे ।

यसैगरी, जिल्लामा विभिन्न देशबाट आएका र उनीहरुको परिवारका सदस्य गरी हालसम्म ९ जनाको स्वाब परीक्षण गरिएको र ९ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि उहाँले जानकारी दिनुभयाे ।

‘विदेशाट आएका र उनीहरुका केही परिवारका केही सदस्यलाई गरी ९ जनाको स्वाब परीक्षण गरिएको थियो, ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ,’ उहाँले भन्नुभयो, ‘३ जनाको स्वाब परीक्षणका लागि काठमाण्डौ र ६ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो ।’

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया