सवारी पाससम्बन्धी नयाँ व्यवस्था

 चैत २५, २०७६ मंगलबार २१:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनका बेला प्रयोग भइरहेको सात दिने  पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट विभिन्न मितिमा जारी भएको सात दिने लेखिएको पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पासमा १ दिने, ३ दिने वा अन्यथा लेखिएका छन् भने अब त्यस्तो पासहरू भने आजबाट खारेज भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पास भएकालाई पनि विशेष निगरानी गरिने भएकाले अनावश्यक काममा गाडी चलाउन पाइंदैन । एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि पनि  महाशाखाले विशेष निगरानी तथा जाँच गरि कारबाही गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया