'लकडाउन'मा सिप्रदीको आपत्कालीन सेवा

 बैशाख १, २०७७ सोमबार १०:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले आफ्नो सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा दिइरहेको छ ।

कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणको जोखिम कम गर्न देशभरि लकडाउनको अवस्थामा अत्यावश्यक क्षेत्रका टाटाका गाडीलाई आवश्यक सेवा गर्न सिप्रदी निरन्तर लागेको हो ।

दैनिक आवश्यकताहरु पूरा गर्न सधैँ यात्रा गरिरहेका सबै गाडी र चालकहरुलाई सहयोग होस् भनेर गाडीसम्बन्धी आवश्यक परामर्श वा सेवा दिइरहेको कम्पनीले जनाएको छ । यस्तै सिप्रदीले आफ्ना ग्राहकलाई सुरक्षित रहन र सावधान रहन पनि आग्रह गरेको छ ।

कम्पनीका अनुसार यो आपत्कालीन परिस्थितिमा सिप्रदीका ग्राहकले आपत्कालीन सेवाहरू पाउने छन् ।

गाडीसम्बन्धी कुनै पनि सहयोग चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा फोन गर्न सकिन्छ साथै विभिन्न ठाउँमा सिप्रदीका २५ वटा सर्भिस सेन्टरहरुबाट अपत्कालिन सेवा लिन सकिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया