काठमाण्डौबाट आएका ७ सय ३७ जना स्वास्थ्य परीक्षणपछि ताप्लेजुङ भित्रिए

 बैशाख १३, २०७७ शनिबार १५:१३:१४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – काठमाण्डौबाट ताप्लेजुङ आएका नागरिक आ–आफ्नो गाउँ पुगेका छन् । शुक्रबार बिहान काठमाण्डौबाट हिँडेको २३ वटा गाडीमा सात सय ३७ जना मानिस आएका र उनीहरु सबै ताप्लेजुङका विभिन्न गाउँ पुगेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी निरौलाले काठमाण्डौबाट आएका सबैको शनिबार बिहान काबेलीमा स्वास्थ्य परीक्षण गरेपछि मात्र सदरमुकाम फुङ्लिङतर्फ प्रवेश अनुमति दिइएको बताउनुभयो । 

काठमाण्डौबाट ९ पालिकाका नागरिक आएका थिए । उनीहरुलाई स्थानीय गाउँपालिकाको जिम्मा लगाएको निरौलालो बताउनुभयो । उनीहरुलाई होम क्वरेण्टीनमा राख्ने कि क्वरेण्टीनमा राख्ने भन्ने बारेमा स्थानीय सरकारले निर्णय गर्नेछन् । 

स्वास्थ्य परीक्षणसँगै प्रशासनले काठमाण्डौबाट ताप्लेजुङ भित्रिएका सबै नागरिकको व्यक्तिगत विवरणसमेत तयार पारेको छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका कर्मचारी समेत खटिएको प्रमुख जिल्ला अधिकारी निरौलालो जानकारी दिनुभयो ।   

ताप्लेजुङका नागरिकलाई पर्यटन मन्त्री योगेशकुमार भट्टराई र ताप्लेजुङ सरोकार केन्द्रको समन्वयमा सकुशल ताप्लेजुङ ल्याइएको ताप्लेजुङ काडमाण्डौ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया