फुङलिङ बजार आगलागी : झण्डै ८ करोड रुपैयाँको क्षति, कारण पत्ता लागेको छैन

 बैशाख २०, २०७७ शनिबार १४:२९:३७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - फुङलिङ बजारमा ४ वर्षपछि दोहोरिएको आगलागीको घटनामा ७ घर जलेका छन् भने झन्डै ८ करोड रुपयाँ बराबरको धनमाल नष्ट भएको छ ।

घरसँगै ती घरमा रहेका १२ वटा पसल समेत जलेर नष्ट हुँदा झण्डै ८ करोड रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।निमित्त प्रहरी प्रमख प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार यो प्रारम्भिक विवरण मात्र भएको र विस्तेत विवरण आउन भने बाँकीे छ । 

उहाँका अनुसार जलेकामध्ये दुई वटा पक्की र अन्य ५ कच्ची घर रहेका छन्  । 
आगलागी सुरु भएको चार घण्टापछि शुक्रबार राति २ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने पत्ता लागिनसकेको निमित्त प्रहरी प्रमुख पोख्रेलले बताउनुभयो । 

उहाँले गस्तीमा रहेका प्रहरीले पहिलो पटक आागो लागेको देखेको र मान्छे नभएको खाली घर बाहिर ग्याँस गनाइरहेको र आगो हुर्किसकेको समेत जानकारी दिनुभयो । 

आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि दमकल, स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए । 

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबै आगलागी हिउँद याममै भएका थिए । 

प्रहरीको तथ्यांक अनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो ।

त्यस्तै २०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले, ४१ करोडभन्दा बढीको क्षति भएको थियो । 

२०६८ मा शेर्पाटोल र ०६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथा घिमिरेले बताउनुभयो । 

वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मे डाडाँमा होटलमा रक्सी झान्दा आगलागी सुरु भएको थियो । टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया