लमजुङ जेठ ५ गतेसम्मका लागि सिल

 जेठ ३, २०७७ शनिबार १३:२७:४३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लमजुङलाई शुक्रबार राति १२ बजेदेखी जेठ ५ गतेसम्मका लागि सिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं क्राइसिस म्यानेजमेन्ट सेन्टर (सङ्कट व्यवस्थापन केन्द्र) का संयोजक लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको सङ्कट व्यवस्थापन केन्द्रकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म लागू हुने गरी जिल्ला सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

'कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जेठ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाका सीमा नाका पूर्णरुपमा सिल गर्ने बैठकले निर्णय गरेको छ', उहाँले भन्नुभयो, 'बैठकले अत्यावश्यक कामका लागि अनुमति पाएका सवारी साधनबाहेकका सबै आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ ।' 

एम्बुलेन्स, शव वाहन, दमकल, अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधन तथा मानिसहरुको आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार बैठकले लमजुङभित्र र बाह्य जिल्लाका लागि यसअघि जारी गरिएको ई-पासलगायत सबै पास खारेज गर्ने निर्णयसमेत गरेको छ ।

औषधि पसल र अत्यावश्यक खाद्य सामग्री बिक्री गर्ने पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्ने, बैंक, वित्तीय संस्था, बीमा, सहकारीलगायतका सबै सेवाहरु समेत बन्द गर्ने निर्णय भएको पनि उहाँको भनाइ छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • दिपेन्द्र कटुवाल

    May 16, 2020, 1:42 p.m.

    आफ्ना कुरा उज्यालोमा पठाउदा यहि लेखेर पठाए हुन्छ कि कहाँ लेख्नु पर्छ जानकारी पाउ

  •  0 Reply

तपाईको प्रतिक्रिया