अयाेध्या प्रकरणमा परराष्ट्रकाे स्पष्टाेक्ति : कसैलाई चाेट पुर्‍याउने प्रधानमन्त्रीकाे मनसाय थिएन

 असार ३०, २०७७ मंगलबार १९:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा सोमबार दिनुभएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले अयोध्या र रामको जन्मभूमिबारेमा दिनुभएको अभिव्यक्ति सम्बन्धमा मन्त्रालयले मङ्गलबार विज्ञप्ति निकाल्दै केही कुरा स्पष्ट पार्न चाहेको बताएको हो । 

प्रधानमन्त्रीले दिनुभएको टिप्पणी कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको आस्था र भावनामा चोट पुर्‍याउनेतर्फ इङ्गित नभएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ । 

‘राम र रामको जन्मभूमिलाई लिएर धेरै मिथक र सन्दर्भ भएको हुँदा प्रधानमन्त्रीले रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्त्वमाथि मात्र जोड दिनुभएको हो’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीले अयोध्याको विशेषता र सांस्कृतिक मूल्य मान्यतालाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयको दाबी छ । 

विवाह पञ्चमी समारोहमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुर जन्ती आउने परम्परा रहेकोबारे पनि मन्त्रालयले स्पष्ट पारेको छ । 

नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गरेर जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्त्वपूर्ण कदम भएको बताइएको छ । ‘यो तथ्यले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सङ्केत गर्छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया