ओली र देउवाबीच भेट, लकडाउन खुलेपछिकाे चुनाैतीबारे सरकारकाे ध्यानाकर्षण

 साउन ८, २०७७ बिहिबार १४:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले कोरोना सङ्क्रमणको जोखिम र बाढी पहिरोले पुर्‍याएकाे क्षतिबारे ध्यानाकर्षण गराउनुभएको हो ।

लकडाउन गर्दासमेत कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नजिक पुगेको अवस्थामा लकडाउन हटाइएको भन्दै उहाँले कोरोना परीक्षण पीसीआर प्रविधिमार्फत मात्रै गर्न, क्वरेण्टीन मापदण्डयुक्त बनाउने लगायतका विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभयो । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि सभापति देउवाले आग्रह गर्नुभयो ।

यस्तै बाढी पहिरोमा परेर देशका विभिन्न ठाउँमा धेरैको ज्यान गएको, अझै धेरै व्यक्ति बेपत्ता र घरबारविहीन भएकोले सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच विभिन्न क्षेत्रको असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया