‘ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो, नेकपा गम्भीर सङ्कटमा छ’

 साउन ९, २०७७ शुक्रबार १४:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गर्नुभएको छ ।

पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको प्रचण्डको भनाइ छ । काठमाण्डौमा भएको कार्यक्रममा प्रचण्डले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको पनि बताउनुभयो ।

पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताउनुभयो ।

पार्टीकै निर्देशन र पहलमा नेपालको नयाँ नक्सा प्रकाशित गरे पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफैले मात्रै गरेको र अरुलाई दलाल भन्दै हिँडेको भन्दै प्रचण्डले आपत्ति पनि जनाउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया