दैलेखमा थप तीनदिन निषेधाज्ञा लम्बियो

 भदौ ८, २०७७ सोमबार ९:४३:३० | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखमा तीनदिन निषेधाज्ञा लम्बिएको छ । ४ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १० रातिसम्मका लागि लम्ब्याइएको हो । 

तीजमा भिडभाड रोक्न ४ दिन गरिएको निषेधाज्ञा थप तीनदिन बढाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

थप गरिएको निषेधाज्ञा अवधिमा औषधि पसललगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसारलगायतका अत्यावश्यक सेवाहरु बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म खुला हुनेछ ।

स्वास्थ्य सचेतना र सुरक्षा सावधानीमा बेवास्ता भएको कारण समुदायमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाभरका निषेधाज्ञा जारी गरिएको र कडाइका साथ कार्यान्वयन गर्ने रणनीति लिइएको सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया