ताप्लेजुङ : पहिरोमा परेर र  खोलाएर बगाएर तीन जनाको ज्यान गयो

 भदौ २२, २०७७ सोमबार १०:५२:४१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकमा पहिरोमा परेर २ जनाको ज्यान गएको छ  ।

गएराति नागदेवा लघु जलविद्युत आयोजनाको पावरहाउससँगै पहिरोमा पुरिएका राजु लिम्बु र विष्णुदास थेवेको ज्यान गएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । सिरिजङ्घामा गएराति ठूलो पानी परेको र पहिरो जाँदा निकै परसम्मको जमिन पनि थर्किएको स्थानीयले बताएका छन् । 

ताप्लेजुङमै माछा मार्ने क्रममा खोलाले बगाएर एक जनाको ज्यान गएको छ, अर्का एक जना बेपत्ता भएका छन् । तावाखोलाले बगाएर सिदिङ्वा गाउँपालिका-७ का सूर्यमान लिम्बुको ज्यान गएको छ भने सुमन लिम्बू बेपत्ता भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया