हत्या र आत्महत्या दुरुत्साहन दुई घटनामा चार पक्राउ

 कात्तिक १३, २०७७ बिहिबार २०:११:२९ | अमर सुनार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – नौमुले गाँउपालिका १ काे तोली राईलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्याको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित पक्षको लिखित जाहेरी र प्रारम्भिक अनुसन्धानका आधारमा आराेपीलाई घरबाट पक्राउ गरिएको दैलेखका प्रहरी इन्चार्ज, प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा कालीकोटको महाबै गाँउपालिका ४ काे डिल्लीकोट घर भइ दैलेखको नौमुले गाँउपालिका १ काे तोली राईली बस्ने ३२ वर्षीय वीरबहादुर शाही, ३७ वर्षीय बलबहादुर सिंह र २५ वर्षीय प्रेमबहादुर बस्नेत छन् ।

बुधवार साँझ लाठी र मुक्का प्रहारबाट शाहीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएको छ ।

त्यसैगरी दुल्लु नगरपालिका–१० काे गमौडीकी २५ वर्षीया उर्मिला विष्ट शाहीले आत्महत्या गर्नुमा श्रीमान् भूपेन्द्र शाहीको हात रहेको भन्दै प्रहरीले पक्राउ गरी आत्महत्या दुरुत्साहनकाे मुद्दा चलाएको छ ।

गएकाे कात्तिक ७ गते मुसा मार्ने विषादी खाएकी उर्मिलाको दुल्लु अस्पतालमा उपचारको क्रममा बुधबार ज्यान गएको थियो । यो घटनामा पनि अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया