बालविवाह गरेको आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

 कात्तिक २१, २०७७ शुक्रबार १६:४३:२६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा बालविवाह गरेकाे आराेपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नारायण नगरपालिका–२ ढुंगेखानीकी १५ वर्षीया बालिका र डुंगेश्वर गाउँपालिका–५ डाँडापराजुलका १६ वर्षीय बालकलाई अभिभावकबाट भागेर बालविवाह गरेको आरोपमा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हाे ।

बिहिबार अपरान्ह सदरमुकामबाट भागेर डाँडापराजुल पुगेर विवाहको घोषणा गरी घरमै बसेको अवस्थामा डाँडापराजुल प्रहरी चौकीले घरबाटै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरु बिरुद्ध बालविवाह कसूरमा मुद्दा चलाइएको र बाँकी अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताउनुभयो । जील्लामा प्रहरीले एक महिना अन्तरमा चलाएको बालविवाह मुद्दाको संख्या पाँच पुगेको छ ।

२०६८ को जनगणना अनुसार नेपालमा सबैभन्दा बढी बालविवाह हुने जिल्लाहरुको संख्यामा दैलेख देशकै तेस्राे  र कर्णाली प्रदेशमा पहिलो जिल्ला हो । मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले २० वर्ष नपुगी गरिने विवाहलाई बाल विवाह कसूरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने कानूनी व्यवस्था छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया