दैलेखमा बलात्कारकाे घटना ढाकछोप प्रयास !

 माघ ३०, २०७७ शुक्रबार १६:१८:२० | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा बलात्कारकाे घटना ढाकछाेप गर्ने प्रयास भएकाे छ । बलात्कार आरोप लागेका दुल्लु नगरपालिका ५ का वडा सदस्य प्रकाश पोखरेललाई जोगाउन आफूहरूलाई दबाब दिइएको पीडित पक्षले गुनासो गरेको छ ।

भारतमा मजदुरी गर्ने एक महिला सुतिरहेको अवस्थामा बिहीवार राति जबरजस्ती ढोका खोली बलात्कार कोसिस गर्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीयले आराेपतलाई राति नै प्रहरीकाेमा बुझाएका थिए । अहिले उनलाई दुल्लु इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दर्ता गर्नबाट रोकेको पीडित पक्षले बताएकाे छ । 
पीडितको सुरक्षामा प्रहरीले ध्यान नपुर्‍याएको महिला सशक्तिकरण मञ्चकी उपाध्यक्ष सविना विकले टिप्पणी गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले घटनाको वास्तविकता बुझेर कारबाही प्रक्रिया बढाउन दुल्लु इलाका प्रहरीलाई भनिसकेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया