खोप केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक

 साउन १६, २०७८ शनिबार ७:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खोप केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन विज्ञले आग्रह गरेका छन् । खोप लगाउनकै लागि भीड बढ्दा यसले झन् सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले भीडभाड नहुने गरी अभियान सञ्चालन गर्न विज्ञको आग्रह छ ।

सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले खोप केन्द्रको सङ्ख्या बढाउने, पालैपालो खोप लगाउन बोलाउने र खोप लगाउन जाने नागरिकले पनि अनावश्यक भीडभाड नगर्ने हो भने खोप केन्द्रलाई सहज बनाउन सकिने बताउनुभयो ।

चीनबाट खरिद गरिएको भेरोसेल खोप आउन थालेपछि सरकारले जिल्ला प्रशासन कार्यालय र पालिकामार्फत खोप अभियान सञ्चालन गर्दै आएको छ । सरकारले आउँदो असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा  खोप आइसक्ने जनाएको छ ।

चीन, जापान र भारतबाट गरेर एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ ।

कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको मन्त्रालयले जनाएको छ । कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने मन्त्रालयको दाबी छ ।

अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त भइसकेको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोनसन एण्ड जोनसन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् ।

कोरोनाको तेस्रो लहरबारेको जानकारी र खोप केन्द्रलाई व्यवस्थित बनाउने उपाय समेटिएको कोरोना क्याप्सुल सुन्नुहोस् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया