चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै

 साउन १७, २०७८ आइतबार ७:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु  प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो।

पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।  चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको हो ।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया