टोकियो ओलम्पिकमा २३ स्वर्णसहित चीन शीर्ष स्थानमा

 साउन १७, २०७८ आइतबार १४:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनका गाेंग लिजियाओले शटपुटमा आफ्नाे पहिलाे ओलम्पिक पदक जितेपछि... तस्बिर : ट्विटर /न्ह्वा न्युज

काठमाण्डाै – जापानको टोकियामा चलिरहेको ओलम्पिकमा चीनले स्वर्ण पदकको सङ्ख्या २३ पुर्‍याएकाे  छ । चीन २३ स्वर्ण, १४ रजत र १२ कास्यसहित ४९ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २० रजत र १४ कास्य गरी ५४ पदक जितेको छ  । तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्ण, पाँच रजत र आठ कास्यसहित ३० पदक जितेको छ ।

चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३१ पदक जितेको छ । यस्तै रुस ओलम्पिक कमिटीले ११ स्वर्ण, बेलायतले नौ, दक्षिण कोरियाले पाँच तथा फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन् ।

यस्तै जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएशियाले तीन/तीन स्वर्ण जितेका छन् । इटली, चाइनिज ताइपेई, हङ्गेरी, स्लोभानिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । ३० वटा देशले एक/एक स्वर्ण जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया