चीनमा ओलम्पिक पदक जित्दा पनि ‘खेलाडीकाे तिखाे आलाेचना’ किन ?

 साउन १९, २०७८ मंगलबार १७:५७:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – टोकियो ओलम्पिकमा चीनको मिक्स्ड डबल्स टिमले गएको हप्ता टेबल टेनिसमा रजत पदक जितेपछि उनीहरूले आँखा रसिलो बनाउँदै चीनका नागरिकसँग माफी मागेका थिए ।

चीनकी महिला टेबल टेनिस खेलाडी लिउ शाइवेनले भनिन्, ‘मैले टिमको शिर होचो बनाएको जस्तो लाग्छ... म सबैसँग माफी माग्छु ।’

उनकी साथी शू शिनले भनिन्, ‘पूरै देशको ध्यान यस फाइनलमा थियो । मलाई लाग्छ चिनियाँ टिमले यो नतिजा स्वीकार्न सक्दैन । मलाई लाग्छ चिनियाँ टिमले यो नतिजा स्वीकार्न सक्दैन ।’

चिनियाँ टिमले फाइनलमा जापानसँग हार बेहोरेको थियो । यो हारपछि चीनका नागरिकले सामाजिक सञ्जालमा रिस र असन्तुष्टि पोखेका छन् । 

चीनमा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म वीबोमा कसैले लेखेका छन्– मिक्स्ड डबल्सको जोडीले देशको शिर झुकाएको छ । 

‘पदक गुमाए अर्थात् देशलाई धोका’

कैयौँ व्यक्तिले फाइनल खेलका रेफ्रीको झुकाव जापानी खेलाडीतर्फ भएको र उनले जापानको पक्षमा निर्णय सुनाएको आरोप लगाएका छन् । 

ओलम्पिक चलिरहँदा चीनमा अहिले ‘राष्ट्रवादको ज्वरो’ केही निकै तीव्र भएको र मानिसहरूलाई पदकको गणना खेलको उपलब्धि भन्दा निकै धेरै बनेको छ । 

विशेषज्ञहरूले बीबीसीसँगको कुराकानीमा भने, ‘अति राष्ट्रवादी’ चिनियाँहरूका लागि ओलम्पिक पदक छुटाउनुको अर्थ ‘तपाईँ देशभक्त नहुनु हो ।’

नेदरल्यान्ड्को लिडेन एसिया सेन्टरका डाक्टर फ्लोरियन श्नाइडर भन्नुहुन्छ, ‘चिनियाँ नागरिकका लागि ओलम्पिक पदक गणना देशको क्षमता र प्रतिष्ठाको रियल टाइम ट्र्याकर्स हुन्छ ।’

उहाँ भन्नुहुन्छ, ‘यस सन्दर्भमा हेर्दा यदि कुनै खेलाडी दोस्रो देशको टिमसँग हार्छ भने उसले देशको शिर झुकाएको ठहर हुन्छ र उसले देशलाई धोका दिएको पनि भनिन्छ ।’

टेबल टेनिसमा जापानसँग हार्दा चीनका नागरिक दुई देशको सम्बन्धमा भइरहेको उतारचढावलाई लिएर पनि निकै रिसाएका थिए । 

खेलको नतिजापछि सामाजिक सञ्जाल प्लेटफर्म वीबोमा जापान विरोधी भवनाको बाढी नै आएको छ । मानिसहरूले दुवै खेलाडीलाई राम्रो–नराम्रो भनेका छन् । 

तर यो मात्र जापानसँग हुने यस टेनिस खेलको कुरा होइन । 

जापानकी ली जुनहुई र लिउ यूचेनले ब्याडमिन्टन डबल्सको फाइनमा ताइवानका खेलाडीसँग हारेको हुँदा चिनियाँ नागरिकले उनीहरूलाई निसाना बनाए ।   

वीबोमा एक व्यक्तिले लेखेका छन्, ‘तपाईँ दुई जना के निद्रामा हुनुहुन्थ्यो ? तपाईँहरूले थोरै पनि प्रयास गर्नुभएन । के बकवास हो ।’

चीन र ताइवानबीच केही वर्षयता सम्बन्ध थप निकै तनावपूर्ण भएको छ । 

चीन ताइवानलाई आफूसँग छुट्टिएको एक हिस्सा मान्छ भने कैयौँ ताइवानी नागरिक यो भन्दा भिन्दै मत राख्छन् । 

चीनमा खेलाडीलाई निसाना बनाइएका मध्ये एक शार्पशूटर यांग कियान हुन् । उनले टोकियो ओलम्पिकमा आफ्नो पहिलो स्वर्ण पदक जित्दा उनलाई निसाना बनाइएको हो । 

उनले नाइकी जुत्ताको कलेक्शन देखाएको पुरानो पोस्टलाई लिएर चिनियाँहरूले राम्रो–नराम्रो भन्न सुरु गरेका हुन् ।   

नाइकीले शिनजियांग प्रान्तमा वीगर मुसलमानलाई जबरजस्ती मजदुरी गराएको आरोपमा त्यहाँको कपास प्रयोग गर्न बन्द गरेपछि चिनियाँ नागरिक क्रोधित भएका हुन् । 

एक व्यक्तिले लेखेका छन्, ‘एक चिनियाँ खेलाडीका रूपमा तपाईँले यो नाइकीको जुत्ता किन सङ्कलन गरिरहनुभएको छ ? तपाईँले त नाइकीको बहिष्कार गर्नेहरूको अगुवाई गर्नुपर्छ ?’
त्यसपछि यांगले यो पोस्ट नै हटाएकी थिइन् ।   

यांगकी साथी वांग लुयाओले महिलाको दश मिटर एअर राइफल स्पर्धाको फाइनलमा स्थान बनाउन नसकेपछि क्रोधको सामना गर्नुपर्यो । 

एक व्यक्तिले प्रतिक्रिया दिएका छन्, ‘हामीले तपाईँलाई आफ्नो देशको प्रतिनिधित्व गर्नका लागि पठाएका थियौँ या त्यसै कमजोर देखिनका लागि ?’

चिनियाँ सञ्चारमाध्यमका अनुसार लुयाओलाई मानिसहरूले यति राम्रो–नराम्रो भने कि वीबोले ३३ प्रयोगकर्ताको खाता नै निलम्बन गर्नुपर्यो । 

चीनका नागरिक ओलम्पिकमा खेलाडीको हारमा दुःखी र असन्तुष्ट हुने शैली अचम्मको छ ।   

लोभा स्टेट विश्वविद्यालयमा राजनीति विज्ञानका प्रोफेसर डाक्टर जोनाथन यस हुनुमा ‘लिटिल पिङ्क्स’ लाई जिम्मेवार मान्नुहुन्छ । 

इन्टरनेटमा निकै आक्रामक भएर राष्ट्रवादी कुरा लेख्ने–बोल्ने युवाहरूलाई ‘लिटिल पिङ्क्स’ भनिन्छ । अतिराष्ट्रवादलाई लिएर डा. जोनाथन भन्नुहुन्छ, ‘राष्ट्रवादी भावना बाघको सवारी गर्नुजस्तै हो । एक पटक तपाईँ सवार भइसकेपछि उत्रिन निकै कठिन हुन्छ ।’  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया