टोकियो ओलम्पिकको समापन आज, १३ स्पर्धा बाँकी रहँदा चीन र अमेरिकाबीच दुई स्वर्णको अन्तर

 साउन २४, २०७८ आइतबार ८:४९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकको आज समापन हुँदैछ । आज १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुनेछ । ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले पछ्याइरहेको छ ।

चीन र अमेरिकाबीच अहिलेसम्म दुई स्वर्णको अन्तर छ । चीन ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित ८७ पदकका साथ पहिलो र अमेरिका ३६ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित १ सय ८ पदकका साथ दोस्रो स्थानमा छ । इतिहासकै सफलता प्राप्त गरेको जापानले २७ स्वर्ण, १२ रजत र १७ कास्यका साथ तेस्रो स्थानमा छ । गएको साउन ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिकको आज समापन हुन लागेको हो ।

खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा यसपालि २ सय ८ देशको प्रतिनिधित्व थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीको सहभागिता थियो ।

पौडीबाट गौरिका सिंह र एलेक्स शाह, शुटिङबाट कल्पना परियार, जुडोबाट सोनिया भट्ट र एथलेटिक्सबाट सरस्वती चौधरीले खेलेका थिए ।  तर पहिलो चरणबाटै बाहिरिए । टोकियो ओलम्पिक कोभिडका कारण एक वर्ष ढिलो भएको हो । ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो नै पहिलो पटक थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया