‘चीन तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छ’

 साउन ३२, २०७८ सोमबार १८:५२:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानको राजधानी काबुलमाथि तालिबानले नियन्त्रण लिएपछि चीनले सोमवार आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहेको बताएको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले संवाददातासँग भन्नुभयो, ‘अफगान नागरिक आफ्नो भविष्यको फैसला आफैँ गरून्, चीन उनीहरूको यो हकको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्धको विकास गर्न इच्छुक छ ।’

यसअघि चीनले आफगानिस्तानमा आफ्नो दूतावास खुलै राख्ने सङ्केत दिएको थियो । 

चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै रहन स्थितिको बारेमा सजग रहन आग्रह गरेको छ । 

यसका साथै चीनले ‘अफगानिस्तानमा भिन्न गुट’ सँग आफ्ना नागरिकको सुरक्षा सुरक्षित गर्न पनि भनेको छ । तालिबानका प्रतिनिधि गएको जुलाईमा चीन गएका थिए र उनीहरूले चिनियाँ विदेश मन्त्री वांग यीसँग भेट गरेका थिए । 

त्यस समय यस भेटलाई राजनीतिक शक्तिको रूपमा तालिबानको अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्ने बताएको थियो ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया