आतंकवादीसँगको सम्बन्ध अन्त्य गर्न तालिबानलाई चीनको आग्रह

 भदौ १२, २०७८ शनिबार १९:२:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले आतंकवादीसँगको सम्बन्ध अन्त्य गर्न तालिबान समूहलाई आग्रह गरेको छ । काबुल विमानस्थलमा एक सय ७० जनाको ज्यान जाने गरी भएको विस्फोटपछि चीनले क्षेत्रीय स्थिरता र विकास साझेदारीमा असर गर्ने खालका गतिविधिलाई रोक लगाउन आतंकवादी समूहसँगको सम्बन्ध तोड्न भनेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले बितेका २० वर्षमा अफगानिस्तानमा केही आतंकवादी संगठनहरु विकसित भएका र उनीहरुले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षालाई खतरा पैदा गरेका भन्दै तालिबानले उनीहरुसँग सम्बन्ध बनाउने नभइ निस्तेज पार्नुपर्ने बताउनुभयो ।

बिहिबार काबुल विमानस्थलमा भएको आक्रमणमा १३ जना अमेरिकी सैनिक र २ जना बेलायती नागरिकसहित एक सय ७० जनाको ज्यान गएको छ । घटनामा एक हजार दुई सय ७६ जना घाइते भएका छन् । चीनले काबुल विमानस्थल बाहिर भएको विस्फोट अफगानिस्तान छाड्ने अमेरिकी अपरिपक्व, गैरजिम्मेवारी र अव्यवस्थित निर्णयको उपज भएको समेत बताएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया