४४ लाख डाेज खोप लिन निगमकाे जहाज आज राति चीन जाँदै

 भदौ ३१, २०७८ बिहिबार १७:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले चीनबाट खरिद गरेको ४४ लाख डाेज भेरोसेल खोप ल्याउन आज बिहीवार राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

सरकारले खरिद गरेकाे खाेप भाेलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । सरकारले ६० लाख डाेज खरिद गरेकामा यसअघि १६ लाख डाेज खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । 

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डाेज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डाेज थप खोप ल्याउने तयारी रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया