अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ सम्झौताबारे चीनले भन्याे– ‘क्षेत्रीय शान्ति र स्थायित्व कमजोर पार्छ’

 भदौ ३१, २०७८ बिहिबार १७:४३:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको नयाँ परमाणु सम्झौताबारे टिप्पणी गरेको छ । त्रिदेशीय सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने भन्दै चीनले नयाँ सम्झाैताकाे निन्दा गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र बेलायतको निर्णयलाई गैरजिम्मेवार काम भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिका, बेलायत र अस्ट्रेलियाले गरेको परिष्कृत रक्षा प्रविधि आदानप्रदान गर्ने विशेष सुरक्षा सम्झौताले अस्ट्रेलियालाई पहिलो पटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ । ओकस भनिने सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेटिनेट ।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ । सन् २०१६ मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का फ्रान्सले पाएको थियो । 

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट अमेरिका, बेलायत र अस्ट्रेलिया चिन्तित छन् । यसअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले इन्डो–प्यासिफिक क्षेत्र अझ जटिल बनेको भन्दै नयाँ सहकार्यले अस्ट्रेलियालाई आफ्नो सुरक्षा आवश्यकता पूर्ति गर्न सहयोग पुर्‍याउने बताउनुभएकाे थियाे ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया