अन्तरिक्षमा ९० दिन बसेर पृथ्वी फर्किए तीन चिनियाँ यात्री

 असोज १, २०७८ शुक्रबार १४:२:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : चाइन सिन्ह्वा न्युज

काठमाण्डाै – अन्तरिक्षमा ९० दिन बसेन तीन चिनियाँ यात्री पृथ्वी फर्किएका छन् । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

पृथ्वीभन्दा तीन सय ८० किलोमिटर (दुई सय ४० माइल) माथि रहेको चीनले बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वी फर्किएका हुन् ।

चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो बिहीवार शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यी तीन चिनियाँ अन्तरिक्षयात्रीले आज शुक्रवार स्थानीय समयअनुसार दिउँसो १ः३५ मा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । त्यही ठाउँबाट गएको जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखिने बीबीसीमा उल्लेख छ । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेका चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ । 

सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो । पृथ्वीबाट नदेखिने त्यो भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो । पाँच वर्षपछि अहिले अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानवसहित यान पठाएको यो पहिलो पटक थियो । 

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्र क्षेत्रमा निकै प्रगति गरेको छ ।   
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया