उइगर जातिकाे जनसङ्ख्या बढेकाे तथ्याङ्कसहित चीनले श्वेत पत्र सार्वजनिक गर्‍याे

जनगणनाले पश्चिमा देशले लगाएको आरोपलाई कडा जवाफ दिएको भनाइ

 असोज १२, २०७८ मंगलबार २०:२०:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले अल्पसङ्ख्यक उइगर जातिकाे जनसङ्ख्याबारे श्वेत पत्र सार्वजनिक गरेको छ ।

पश्चिमा देशहरूले चीनले दमन गरेका कारण अल्पसङ्ख्यक उइगर जातिको जनसङ्ख्या घटेको आरोप लगाइरहेका बेला सिनजियान प्रान्तले उइगरको जनसङ्ख्या उल्लेख्य बढेको श्वेत पत्र सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

सिनजियान प्रान्तमा चीनले उइगर समुदायमाथि चर्को दमन गरेको आरोप लाग्दै आएको छ । श्वेत पत्र अनुसार सिनजियान प्रान्तमा सन् १९५३ मा उइगर जातिको जनसङ्ख्या ३६ लाख रहेकोमा सन् २०२० मा बढेर एक करोड एक लाख जना पुगेको छ ।

सिनजियान प्रान्तले यसअघिका १० वटा श्वेत पत्रमा मानव अधिकार, शैक्षिक अवस्था, रोजगारी र आतङ्कवादी गतिविधिको विषयमा जानकारी दिने गरेकोमा यस पटक भने जनसङ्ख्या नै सार्वजनिक गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

श्वेत पत्रमा अमेरिका, बेलायतलगायतका पश्चिमा देशले चीनले उइगर समुदायमाथि नरसंहार गरेको र जनसङ्ख्या घटाएको भन्दै लगाएको आरोपको खण्डन गरिएको छ । पिङ्किङ विश्वविद्यालयका जनसङ्ख्या विज्ञ लि चियाङ सिनले श्वेत पत्र पश्चिमा देशको आरोप खण्डन गर्ने मुख्य आधार भएको बताउनुभएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया