छैटाैँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हरायो

 असोज १५, २०७९ शनिबार ६:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ ।

लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले । उनको यो टी–२० आई करिअरकै उत्कृष्ट प्रदर्शन हो । एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए । बेन डुकेटले अविजित २६ रन जोडे । इङ्ग्ल्यान्डले पहिलो पावर प्ले अर्थात् ६ ओभरमा नै ८२ रन जोडेको थियो ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहम्मद नवाजले १२ रन जोडे ।

इङ्ग्ल्यान्डका डेविड विलि र साम करणले २/२ विकेट लिए । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको सातौँ तथा निर्णायक खेल भोलि हुनेछ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया