टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

 कात्तिक ६, २०७९ आइतबार १७:४९:४२ | एजेन्सी
unn.prixa.net

टि–२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ ।

अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्याे ।

भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए ।

कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए ।

पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजम आफूले सामना गरेको पहिलो बलमा नै आउट भएका थिए ।

इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए ।

शाहिन शाह अफ्रिदी ले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए । भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए ।

हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए ।

जितसँगै भारत समूह दुईको शीर्ष स्थानमा रहेको छ । पाकिस्तान भने दोस्रो स्थानमा रहेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया