टी–२० विश्व कप : नाटकीय खेलमा बङ्लादेशले जिम्बाब्वेलाई हरायो

 कात्तिक १३, २०७९ आइतबार १२:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्लादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ ।

अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ विकेट गुमाएर १ सय ४७ रन बनायो । जिम्बाब्वेलाई जितको लागि अन्तिम बलमा पाँच रन चाहिएको थियो । अन्तिम बलमा जिम्बाब्वेले रन लिन सकेन ।

बङ्लादेशका खेलाडीले जितको खुसी मनाए, जिम्बाब्वेका खेलाडी हारेको भन्दै निरास भए र मैदानबाट बाहिरिए । तर रिभ्यु गर्दा अम्पायरले नो बलको सङ्केत दिएपछि दुवै टोलीका खेलाडी पुन: मैदानमा फर्किएका थिए ।

खेल जित्नको लागि जिम्बाब्वेलाई चार रन चाहिएकोमा नो बलमा समेत रन लिन नसकेपछि खेल बङ्लादेशले जित्यो । जिम्बाब्वेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए । बलिङतर्फ बङ्लादेशका लागि तस्किन अहमदले तीन तथा मोसादिक होसाइन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको बङ्लादेशले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि नजमुल होसाइन शान्तोले ७१ रन बनाए । जितसँगै तीन खेलमा चार अङ्क जोडेर बङ्लादेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको जिम्बाब्वे चौथो स्थानमा झरेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया