टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

 कात्तिक १५, २०७९ मंगलबार ६:४९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।

सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्रभावित हुँदा अङ्क बाँडेको थियो । आजको दोस्रो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दिउँसो पौने २ बजे सुरु हुनेछ। तीन खेलमा ५ अङ्ककासाथ न्युजिल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा ३ अङ्ककासाथ इङ्ल्यान्ड अङ्क तालिकामा तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया